F

Friday, August 14, 2015

माछा छोप्ने ‘भुक’मा मान्छेको शव

बागलुङ, साउन २८ गते । बागलुङको हटियास्थित चमुवा खोलामा माछा छोप्न प्रयोग गरिएको ‘भुक’ मा एक युवकको शव भेटिएको छ ।

हटिया गाविस वडा नं. ८ को चमुवा खोलामा बगेर आउने माछा छोप्नका लागि स्थानीयले थापेको ‘भुक’मा स्थानीय पदम नेपालीको शव भेटिएको हो ।


“माछा प¥यो कि परेन भनेर हेर्न गएका थियौँ, ३२ वर्षीय आफ्नै छिमेकी नेपालीको शव भुकमा घोप्टो परेको देख्यौँ”, स्थानीयले भने ।

मृतक नेपाली लुगा धुन भनी घरबाट खोलातिर गएको पारिवारिक स्रोतले बताएका छन् ।

नेपाली कपडा धुन गएका बेला चिप्लिएर भुकमा परेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घटनाको थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कमल चौलागाईले बताउनुभयो ।

यसैबीच पौडी खेल्नका लागि काठेखोलामा जानुभएका एक युवा तीन दिनदेखि वेपत्ता हुनुहुन्छ ।

मङ्गलबार एक जना साथीसहित पौडी खेल्नका लागि काठेखोला जानुभएका दमेक गाविस वडा नं. ९ घर भई बानपा– ४ देउराली चोक बस्दै आउनुभएका १७ वर्षीय सञ्जय छन्त्याल वेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

दिउ“सो खोलामा छन्त्यालस“गै जानुभएका अर्का एक बालकले छन्त्याल पौडी खेल्दा वेपत्ता हुनुभएको खबर दिएपछि प्रहरी र स्थानीयले खोजी गरेपनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment