F

Friday, August 14, 2015

दिनहु बदाम खानुको यी फाइदाका बारेमा थाहा थियो तपाईलाई ??

सूखा फलहरुमा बदामलाइ  सबैभन्दा धेरै पौष्टिक मानिन्छ . नहोस पनि किन ? बदाम स्वास्थ्यको लागि एकदम राम्रो मानिनुका कारणहरु त छदैछ , त्यसबाहेक यसमा  विटामिन,i  प्रोटीन,  फोलिक एसिड, मिनरल र फाइबर जस्ता पोषक तत्व  भरपूर मात्रामा पाइन्छ .




दिमागको लागि : 
दिमागको स्वास्थ्य र विकासको लागि बदाम एकदम लाभदायक छ . बदाम खानाले दिमाग अधिक सक्रिय हुन्छ. एक रिसर्चका अनुसार बदाम जस्तै बदामको  तेल पनि स्वास्थ्यको लागि लाभदायक हुन्छ . 



ब्लड प्रेशर नियंत्रण:
बदाममा हुने पोटेशियमले ब्लड प्रेशर नियंत्रित गर्दछ . पोटेशियमले  रगतमा भइरहने धेरै  उतार-चढ़ावलाइ पनि कंट्रोल गर्दछ 


हड्डीको  स्वास्थ्य:
बदाम भिटामिन, मिनरल्स र  फस्फोरसको उपयुक्त श्रोत हो . फस्फोरसले  हड्डिहरु र  दांतहरु मजबूत बनाउदछ . साथै नियमित बदाम खानाले बढ़दो उमेरमा  अस्टियोपोरोसिसको समस्या बाट बच्न सकिन्छ .



कोलेस्ट्रल नियंत्रण:
दिनहु बदामखानाले कोलेस्ट्रलको स्तरक नियंत्रित राख्न सकिन्छ . बदाम खानाले खराब  कोलेस्ट्रलको स्तरलाइ कम गर्न सकिन्छ र सहि कोलेस्टॉलको लेवल बढ़ाउन सकिन्छ 


मुटुको स्वास्थ्य 
 बदाम मुटुको लागि धेरै नै लाभदायक हुन्छ . बदाममा हुने विटामिन ईमा  एंटीऑक्सीडेट्स भरपूर हुन्छ जसले मुटुलाई स्वस्थ राख्दछ . साथै  हार्ट अट्याक बाट पनि बचाउदछ 


मजबूत इम्यून सिस्टम: 
बदामले  इम्यून सिस्टमलाइ शक्तिशाली बनाउदछ साथै शरीरको कमजोरीलाइ छिटो हटाउन मदद गर्दछ. यति मात्र हैन बदामको तेलले त्वचालाइ पनि नरम बनाउदछ .


अन्य फाइदा
दिनहु बदाम खानाले क्यान्सरको खतरा बाट पनि बच्न सकिन्छ . डायबिटीज बाट पनि बच्न सकिन्छ . वजन कम गर्नु छ  या कब्जियतको समस्या हटाउनु छ भने ,  हरेक दिन बदाम खानु एकदमै लाभदायक हुन्छ .





No comments:

Post a Comment