F

Sunday, August 23, 2015

भागम भागमा डनहरु

काठमाडौं, भदौ ६ । 
काठमाडौंबाट दिल्ली चल्ने बसमा केही दिनयता सिट पाउन गाह्रो छ । किनकी काठमाडौंका गुण्डाहरुले दिल्ली जाने बसको पुरै सिट रिजर्भ गरेका छन् ।
डन कुमार घैंटे भनिने कुमार श्रेष्ठ प्रहरीबाट मारिएपछि अन्य डनहरुको पनि सात्तो उडेको हो । त्यहीकारण उनीहरु दिल्ली जाने बसमा भारततर्फ भाग्न थालेका हुन् । केही भने दार्जिलिङतर्फ लागेका छन् । प्रहरीले गोली हान्ने डरले अन्य गुण्डाहरु पनि धमाधम काठमाडौं छाडिरहेका छन् । एयरपोर्टबाट बिदेश जादा पनि प्रहरीले निगरानी गर्ने भएकाले गुण्डाहरु दिल्लीतर्फ भागेका हुन् ।
स्रोतका अनुसार घैंटेको इन्काउन्टपछि एक सय भन्दा धेरै गुण्डाहरु भारत गइसकेका छन् । अरु पनि कोही पूूर्व त कोही पोखरा भागेका छन् । ‘गगन थापाकै संरक्षणमा रहेका व्यक्ति त मारिए भने हाम्रो के हालत होला’ भन्दै गुण्डाहरुको भागाभाग भएको हो ।
महानगरीय अपराध महाशाखाले गत बिहिबार बिहान घैंटेलाई उनकै घर अगाडि गोली हानी मारेको थियो । घैंटेले सुरुमा आक्रमण गरेपछि जवाफी फायरीङमा उनी मरेको प्रहरीले जनाएको छ ।
अपराध महाशाखामा एसएसपी खनाल आएपछि गुण्डागर्दीविरुद्ध पुष्कर कार्कीजस्तै कडा रुपमा प्रस्तुत हुन लागेका छन् । एसएसपी कार्कीले डन चरीको इन्काउन्टर गरेका थिए । अब उपत्यकाका डनहरुको इन्काउन्टरको क्रम नरोकिने प्रहरी स्रोत बताउछ ।

- See more at: http://www.drishtinews.com/?p=9182#sthash.RgKPzL4r.dpuf

No comments:

Post a Comment