F

Friday, August 14, 2015

पहाडिया बाहुन र पहाडिया क्षेत्रीलाइ हतियार देखाएर भएपनि पहाडमै धपाउनुपर्छ : अमरेश सिंह

कैलाली, २९ साउन ।

 नेपाली कांग्रेसका नेता अमरेश सिंहले सुदूरपश्चिम पुगेर सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका छन् ।
कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभामा विहीबार बोल्दै आफूलाई मधेशी मुलको हस्ती भन्न रुचाउने अमरेशले थारु समुदायले हतियार उठाएर पहाडीलाई तराईबाट लखेट्नुपर्ने बताए ।

Amresh-Kumarथारु समुदायलाई उस्काउँदै कांग्रेस नेता सिंहले मिलेर बसेका समुदायलाई साम्प्रादायिक द्धन्द्धमा जान प्रेरित गरे । उनले खुलेरै भने-‘अब थारु समुदायले हतियार उठाउनुपर्छ । तब मात्र थारुहरुले अधिकार प्राप्त गर्नेछन ।’ उनले यति मात्र भनेनन् बाहुन र क्षेत्रीलाई खसबादीको संज्ञा दिए ।
सदियौं देखी मिलेर बसेको समुदायलाई पहाडिया बाहुन र पहाडिया क्षेत्री भएको भन्दै उनीहरुलाई हतियार देखाएर भएपनि पहाडमै धपाउनुपर्छ भन्ने अभिव्यक्ति समेत उनले दिए । उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

समाचार श्रोत  http://dainiknepal.com/2015/82527.html

7 comments:

  1. अमरेशजी होसगर्नु होस् है । बोल्नपाएँ भन्दैमा मनपरी नबोल्नुहोला । तपाईको यस्तै हरकतले तराईबासी हामीले तपाईलाई खेदन नपरोस् है ।

    ReplyDelete
    Replies
    1. Teraibasi kunai arunakar ko nau ko jamin hadepera baseko cha Ra,dhapaunlai

      Delete
    2. This comment has been removed by the author.

      Delete
    3. I mean kunai arunakarko bau ko jamin terai basile hadepera baseko chaina

      Delete
  2. yedi yo satya ho bhane, rastra dorha ko aaviyog lagai turunta karbahi garnu parchha yesta neta bhanauda lai

    ReplyDelete
  3. Eslai neta kole garayo..

    ReplyDelete
  4. एस्तो तुच्छ विचार राख्ने नेता लाइ कुकुर को ............ख्वएर सामाजिक बहिस्कार गर्नु पर्छ

    ReplyDelete