F

Monday, August 17, 2015

लौ जा मलाई पनि हिन्दु ब्राह्मणवादीलाइ गाली गर्नु मनलाग्यो !!

सुनील श्रेष्ठ

- पंचांङ्ग पात्रोमा नेपाल सम्बत उलेख गरेर उपत्यका बाहिरको नेवार समुदायलाइ आफ्नु मौलिक सम्बत छ भनेर जानकारी दिने र म्ह:पुजा लेखने वनारसी हिन्दु ब्राह्मणवादी पण्डित मुर्दाबाद |
- महामानब बुद्धलाइ भगवानको अवतार मान्दै हिन्दु धर्ममा सम्मान प्रदान गराउने त्यो हिन्दु ब्राह्मणवादी जो भए पनि मुर्दाबाद |
- किराँतेश्वरलाइ सम्मान गर्नु सिकाउनु संयोजन गर्ने त्यो हिन्दु ब्राह्मणवादी जो भए पनि मुर्दाबाद |
-पंचांङ्ग पात्रोमामा माघेसंक्रान्ति उलेख गरेर मगरको पर्व र थारुको पर्वको पहिचान जोगाउने त्यो हिन्दु ब्राह्मणवादी जो भए पनि मुर्दाबाद |
-पंचांङ्ग पात्रोमामा बैशाख पुर्णिमा लेखेर बुद्धको जन्म ,ज्ञान प्राप्त ,मरण उलेख गर्दै अन्य समुदायको चाड उधौली ,उभौली आदि पहिचान छ भन्दै जोगाउने त्यो हिन्दु ब्राह्मणवादी जो भए पनि मुर्दाबाद |
-नेपाली दलित अगुवाहरुलाई स्कुल भर्ना गराउनुलाइ सिंगो समाजसंग लड्ने/राइ लिम्बुहरुले जांडरक्सि नखानु भनेर सम्झाउने हिन्दु ब्राह्मण " पूर्वका ब्यास पण्डित छबिलाल पोखरेल पनि मुर्दाबाद |
- विश्व प्रसिद्ध दलित नेता डा.अम्बेडकरका प्रेणा श्रोत तथा 19औ शताब्दीमा दलित भेदभाव बिरुद्ध लड्ने हिन्दु पण्डित ज्योति बाबा फुले पनि मुर्दाबाद |
- विश्व प्रसिद्ध दलित नेता डा.अम्बेडकरलाइ छात्रवृत्ति मिलाउनको लागि अंग्रेजसंग बिन्तिभाउ चढाउने हिन्दु राजा बदौदाको महाराजा सदाजिराब गायकवाड पनि मुर्दाबाद |
- दलित महिलाले बेद पढ्नु पाउनु पर्छ भन्दै वेदको उज्यालो कस्तो छ भनि लेखेर दलित महिलालाई पढ्नु दिने/ पढाउने पथिक कवि लक्ष्मी आचार्य पनि मुर्दाबाद |
-दलितलाइ भागवत पढ्नु हौसला प्रदान गर्दै मन्दिर प्रवेश गराउने हिन्दु पण्डित नारायण पोख्रेल पनि मुर्दाबाद |
-कबिला राज्यलाई जे जसरी भए पनि एक बनाएर नेपाल निर्माण गर्ने हिन्दु राजा पृथ्वी नारायण शाह झनै मुर्दाबाद,जसले सिंगो देशको नागरिक हुने मौका प्रदान गरेर अपराधी भएका छन् यो देशमा | 
-राजा महेन्द्रलाइ मुलुकी ऐन तथा जातीय विभेद कानुन निर्माण गर्नु अहम भूमिका खेल्ने हिन्दु ब्राह्मण विश्वनाथ उपाध्याय पनि मुर्दाबाद |
" नराम्रो मात्रै देेख्ने राम्रो गर्नेहरुको मुल्यांकन गर्नु नसक्नेहरुको लागि "

No comments:

Post a Comment