F

Sunday, August 16, 2015

निरपेक्षता र सापेक्षता ?

बिशोदिप लामिछाने

धर्म निरपेक्षताको बारेमा धेरै नै बहस भयो । सबैले आ-आफ्नो ठाउँबाट आ-आफ्नो समर्थन पनि गरे । किन चाँहिदैन ?  को धेरै नै उत्तर आए ।  चाहिन्छ हिन्दु राज्य, भन्ने पनि सडकमा निस्किए । कोहि धार्मिक हिसाबले आए, कोहि आ-आफ्नो स्वार्थ पुर्ति  गर्न आए । कोहि राजनितिक भविष्यको लागी आए ।  कोही डलरले गर्दा अगाडि आए त कोहि भारुले गर्दा । तर, धर्म निरपेक्ष भयो भने के हुन्छ ? र हिन्दु राज्य भयो भने के हुन्छ ? भन्ने बुझेर कमै आए ।

यो सानो ब्लग, हिन्दुराज्यको समर्थन वा बिरोधमा नभएर, धर्मनिरपेक्षता, भाषागत वा अर्थगतरुपमा के हुनु पर्छ ? भन्नेमा हो ।

“no religion of country and it wont accept any religion of any kind as national religion” हुन्छ धर्मनिरपेक्षतामा । खुसी लाग्छ मलाई, कुनै धर्म मान्दिन । न कुनै धर्मलाई पुज्छु ।

देशले र राज्यले गर्नु पर्ने कर्तब्य तिर जाउँ । धर्मनिरपेक्षता भएपछि राज्यले कुनै धर्म बिशेषको चाडलाई बिदा दिन पाउँछ ? दशैंमाभत्ता दिन पाउँछ ? हनुमानढोकामा जमरा राख्न खर्च निकासी गर्न पाउँछ ? इन्द्र जात्रामा राष्ट्र प्रमुख जान पाउँछ ?
हज जान पैसा दिन पाउँछ ? कुनै धर्म बिशेषको सम्पदालाई  संरक्षण गर्न पाउँछ ?  र कुनै धर्म विशेष को प्रयोग लाइ रोक्न पाउछ ? सबै कुरा त निरपेक्ष हुनै पर्छ होला नि , हैन ?
यो सबै कुरा हुन्छ भने धर्म निरपेक्षता सजिलै मानिन्छ । यो देशकोलागि पनि फाइदाको कुरा  हो । बिदा कम काम ज्यादा । खर्च कम आम्दानी ज्यादा ।
आजको दिनदेखी सम्पुर्ण धर्मका मठमन्दिरको आम्दानी राष्ट्रीयकरण होस् । सबै धर्म का गुठी बन्द होस् । करौँडौँको पशुपति र अरबौंको गुम्बामा सरकारले पकड जमाओस् ।  देश बिना झगडा अगाडि बढोस् ।  कुनै धर्ममाथी प्रहार नहोस् । धर्मका आधारमा सरकारले बजेटीक भेदभाव नगरोस् । हिन्दुराज्य भए यो हुन्छ, धर्म निरपेक्ष भए यो हुन्छ भनेर जनतालाई कस्ले बुझाउने ?

हामी सधैं  खुसीसँगै
आ-आफ्नो जिन्दगी जिउन पाउँ ।
न झगडा होस्, न रिस होस् । हाँसी खुसी बाँचेर नेपाली हुन पाउँ ।
नेताहरुले शाब्दिक गन्जागोलमा जनतालाई नपारुन् ।

No comments:

Post a Comment