F

Monday, August 24, 2015

कहाँ छ्न गगन थापाहरु ???

कर्साङ लामा ।
राष्ट्र सेवकलाई जिउँदै जलाउँदा र भालाले रोपेर मार्दा चाहिं मानवअधिकार आयोग जानुपर्छ कि पर्दैन ?

गुण्डा नाइके कुमार घैंटे उर्फ कुमार श्रेष्ठ प्रहरीको इन्काउन्टरमा मारिए । आम नेपाली जनताले प्रहरीको यो कदमको तारिफ नै गरे । सार्वजनिक स्थल देखि सामाजिक सञ्जाल मार्फत जनताले आफ्नो मत जाहेर गरे । एउटा गुण्डा घटेकोमा मात्र होइन, आम गुण्डालाई समेत थ्रेट हुने यो प्रहरी कदम समाजको आँखामा सकारात्मक थियो ।

तर, केही नेताहरुलाई प्रहरीको यो कदमले यसरी पोल्यो कि उनीहरुले घैंटे घटनामा मानव अधिकार उल्लंघन भएको देखे । र, उनीहरु मानवअधिकार आयोगको ढोका ढक्ढक्याउन पुगे । यसको नेतृत्व गरेका थिए, युवा नेता गगन थापाले । उनीसँगै अर्जुननसिंह केसी, जगदीशनरसिंह केसी, भीमसेन दास प्रधान लगायत पनि घैंटेको पक्षमा आँसु झारिरहेका छन् । हाँस्यस्पद पक्ष के छ भने, घैंटेलाई सहिद घोषणागर्नु पर्छ भन्नेसम्मका विषय उठाइयो संसदमा ।

प्रहरी र प्रत्यक्षदर्शीका अनुसार घैंटेले धेरैको ज्यान लिन खोजेका थिए । चन्दा आतंक मच्चाएका थिए । सामाजिक अपराधका धेरै घटनामा संलग्न थिए, घैंटे । त्यसवेला मानव अधिकार उल्लंघन भएको देखेनन् गगनले । घैंटेले कयौं जनालाई खुकुरी चलाउँदा खुकुरीखानेको अधिकार उल्लंघन हुँदैन ? उनले हानेको गोली लागेर ढलेकाको चाहिं के हुन्छ मानव अधिकार ? के यस्को हिसाव हुँदैन ?

घैंटेले आतंक मच्चाइरहँदा गगन चुप थिए । त्यसवेला मात्र होइन, आज कैलालीमा जिउँदै प्रहरीहरुलाई जलाईंदा पनि गगन चुप छन् । किन ?

खुँडा, खुकुरी बोकाएर ल्याएको जथ्थाले दिउसै पेट्रोल खन्याएर राष्ट्र सेवकको हत्या गर्छन् । वीच सडकमा प्रहरीलाई काटेर मार्ने काम हुन्छ । त्यसको नेतृत्व खुल्लम–खुल्ला एउटा सभासदले गर्छ । त्यो अपराधिक घटनाको नेतृत्व विभिन्न परिचित नेताहरुले गरेका छन् । बिडम्बना नै भन्नुपर्छ, गगनहरु अपराधको नेतृत्वगर्नेहरुलाई कारवाही हुनुपर्छ भन्दैनन् ।

घैंटेको इन्काउन्टर न्याय संगत भएन भन्ने तर कैलालीमा घटेको जधन्य अपराधको घटनामा ‘चुँ’ सम्म नबोल्ने ? के कैलाली घटनाभन्दा गुण्डानाइके घैंटे माथिको कारवाही ठूलो हो ? उनी घैंटेका मात्र नेता हुन् कि सम्पूर्ण नेपालका ? मुल प्रश्न छ, आजका मितिमा गगनहरु कहाँ छन् ?

कर्साङ लामा

श्रोत 

http://www.timesofkathmandu.com/2015/08/8550


No comments:

Post a Comment