F

Monday, August 24, 2015

अब त लज्जाबोध गरौं

सुशील  देवकोटा

आज चाहिँ आउनु पर्‍यो के राजेश हमाल देखि आफुलाई मै हु नेपालको रोल मोडल ठान्नेहरुको अभिव्यक्ति ...... मलाई नेपाली हुनुमा लज्जा बोध भयो भनेर !!! हो, आज मलाई नेपाली हुनुमा लज्जा बोध भयो । म सानो देशको नागरिक भएकोमा होइन..... म गरिब देशको नागरिक भएकोमा होइन ...... म अविकसित राष्ट्रको नागरिक भएकोमा होइन र मेरो देशमा सबै चोर र फटाहा नेताहरु भएकोमा पनि होइन ...... मलाई लज्जा बोध भएको हो हामी कठपुतली भएकोमा !!! केही स्वार्थी जमातले हामीलाई आपसमा लडाउन सफल भएर यो प्रमाणित गरिदिएकोमा कि हामी भन्दा मूर्ख कोही छैन । के पायौं हामीले ?? के पाउछौ हामीले यी भ्रष्ट नेताहरुको कुरा सुनेर ?? राणा शासन सकिएअ सबै नेपालीको भलो हुन्छ भनियो .... भयो त ?? १७ सालले सबै नेपालीको भाग्य परिवर्तन हुन्छ भन्ने कल्पना गरियो । भयो त ?? ४६ सालमा प्रजातन्त्र आएपछी देशले ठूलो फडको मार्छ र तमाम नेपालीले जिन्दगीमा कहिले दु:ख भोग्नु पर्दैन ...... विकासले ठुलो फडको मार्छ र देश र जनताले अकल्पनीय सुख पाउछन् भनियो । भयो त ?? वास्तबमा नेपालमा एक परिवारको शाशनले गर्दा देश अगाडि नबढेको ...... देश विकास नभएको ..... देशमा एक परिवारको शासन स्वीकार गर्नु हुदैन भनियो ...... देशमा गणतन्त्र पनि आयो। अनि ?? के भयो त ?? आज नेपाली जनता खुशी छन् त ?? नेपालमा शान्ति छ त ?? देश विकासको बाटोमा अगाडि बढ्यो त ???
अब अरु कति सहने ? अझै कति सहने ? यस्ता टिकापुर जस्ता कतिवटा घटना भए सम्म हामीले आफुले आफैलाई धिकार्ने ??
उठौ न अब त ..... जुटौं न अब त ..... बुझौं के ..... न सुशील कोइरालाले हाम्रो भलो सोच्छन, न देउवा, न ओली, न नेपाल, खनाल, न दाहाल, भट्टराई, यादव, गच्छदार, महतो ....... यो कोही हाम्रा आफ्ना होइनन् ...... यिनीहरु आफ्नो स्वार्थ मात्रै पूरा गर्दैछन् । तपाईं मर्नुस या म मरु .... यिनलाई फरक पर्दैन ।
एकपटक आट त गरौं ..... एकपटक अठोट गरौं .... एकपटक खुलेर त भनौं ...... तिमी पातकीहरु हाम्रो नेता होइन ...... हामीलाई तिमीहरुको नेतृत्व चाहिदैन । मलाई विश्वास छ त्यसपछि हामीले एउटा यस्तो नेतृत्व पाउने छौ जुन यथार्थमा तपाइँको,मेरो अनि हाम्रो हुनेछ । एकपटक आट त गरौं !!!

लेखमा लेखकको आफ्नो बिचार समेटिएको छ ।।

No comments:

Post a Comment