F

Wednesday, August 5, 2015

वडा नम्बर छ मा माग्ने बुढाको हल्का रमाईलो, धुर्मुस काउकुतिले हुरुक्कै (भिडियो सहित)

काठमाडौं, श्रावण २० 

असोज १ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र वडा नम्बर छ को टिजर सार्वजनिक भएको छ । हाँस्यकलाकारको बाहुल्यता रहेको चलचित्र वडा नम्बर छ को छोटो टिजरले पनि चलचित्र हाँस्य रसले भरिएको छनक दिएको छ ।

 टिजरमा दिपकराज गिरीसँगै केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे), दयाहाङ राई, प्रीयंका कार्की देखिएका छन् ।





 उज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र वडा नम्बर छ को टिजरमा गाउँघरका दृश्य बढी देखिएका छन् । दिपक, धुर्मुस, मुन्दे्र र माग्ने बुढा चलचित्रमा साथीका रुपमा देखिन्छन् की भन्ने टिजरले भान पार्छ । कबड्डी खेल्दै गरेका दृश्य पनि १७ सेकेन्डको टिजरमा देखिएको छ । सार्वजनिक टिजर र गीत हेर्दा दिपकराज गिरी र प्रीयंकाबीच चलचित्रमा मायाप्रीति रहेको जस्तो देखिन्छ । छोटो टिजरमा माग्ने बुढाको हल्का रमाईलो थेगो पनि समावेश गरिएको छ । काउकुतिले सिताराम कट्टेल हुरुक्कै भएका देखिन्छन् ।

साभार  http://aradioaudio.com/news/1619#sthash.IYxTuYhy.dpuf

No comments:

Post a Comment