F

Saturday, August 15, 2015

३० मिनेट पछाडि सर्यो उत्तर कोरिया

शुक्रवार राती बार्ह  बजे घंटि बजाएर नयाँ  टाइम ज़ोनको घोषणा गरियो ।


दोस्रो विश्वयुद्धको अंतमा जापानी साम्राज्यवाद बाट पाएको मुक्तिलाई स्मरण गर्दै उत्तर कोरियाले आफ्नो टाइम ज़ोनमा बदलाव गर्दै घड़िहरुको सुइ तीस मिनट पछाडि सारेको छ ।

शुक्रवार राती राजधानी प्योंगयांगमा घंटिहरु बजे संगै नया टाइम ज़ोन प्रभावमा आएको छ ।

उत्तर कोरियाले यसै हफ्ता मात्रै  समय क्षेत्रमा बदलावको घोषणा गरेको थियो । उत्तर कोरियाको यो कदम बाट अचंभित दक्षिण कोरियाका  राष्ट्रपतिले यस्लाइ सहयोग बढ़ाउने प्रयासहरुको बिपरित रहेको  बताएका छ्न ।

उत्तर कोरिया जापान र दक्षिण कोरिया झैं  ग्रीनविच मीन टाइम यानी जीएमटी भन्दा नौ घन्टा अगाडि रहेको थियोे ।

तर  सन१९१० मा जापानी साम्राज्यको अधीनमा आउनु भन्दा अगाडि सम्पुर्ण  कोरियाई प्रायद्वीप जीएमटी भन्दा साढ़े आठ घंटा अगाडि थियो । 

 टाइम ज़ोनको बदलाव समझदारी पुर्ण भएको र जापान बाट मुक्तिको सत्तरि बर्ष पूरा भएको उपलक्ष्यमा सहि भएको    उत्तर कोरियाका मुख्य भविष्यवक्ता जोङ सोकले बताएका छ्न । 

मानक समय

समाचार एजेंसी एपीलाई उनले अगाडि भनेका छ्न, "हामीले अहिले सम्म जुन समय मानक प्रयोग गरिरहेका थियौं ,त्यस्को  हिसाबले सूर्य जब सबैभन्दा माथि हुन्छ त्यति बेला को समय दिउँसोको समय हुदैन ।"

उनी थप भन्छन् , "यो एउटा स्वतंत्र राष्ट्रको क़ानूनी अधिकार को कुरा हो, हाम्रो गणतंत्रले जापानी साम्राज्यवादको हार र हाम्रो स्वतंत्रताको ७० बर्ष पूरा भएको अवसरमा प्योंगयोंग टाइमको घोषणा गरेको हो ।यो हाम्रा पूर्वजहरुले प्रयोग गर्दथे र जस्लाइ जापानी साम्राज्यवादिहरुले हामी बाट छिनेका थिए ।"

सरकारी समाचार सेवा केसीएनएले यसै हफ्ता भनेको थियो,"शैतान जापानीहरुले क़ब्जाको दौरान समयमा पनि बदलाव गरेर कोरिया संग उसको आफ्नो मानक समय पनि खोसेको थियो । "

दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेन हेले ,सियोल संग  सल्लाह सुझाव बिना गरिएको प्योंगयांगको फ़ैसला अफ़सोसजनक रहेको र दुई कोरियाको  बीचको  मतभेदको खाडल अझै गहिरो बनाउन तर्फ उन्मुख रहेको बताएका छ्न ।

No comments:

Post a Comment