F

Tuesday, August 18, 2015

हृतिक संग डेट जान नपाए पछि ,कोकाकोलालाई मुद्दा

चन्डिगढ, भारत

चन्डिगढको स्थानीय अदालतले १५ बर्ष अगाडि एक युवतीलाई हृतिक रोशन संग डेटिङको लागि समय मिलाउन दिएको अवसर पूरा गर्न नसकेको आरोपमा प्रमुख पेय पदार्थ उत्पादक कम्पनी कोका कोला विरुद्ध आदेश जारी गरेको छ ।
पन्चकुलाकि ती युवतीले सन २००० मा कोका कोलाको  प्रवर्द्धनात्मक अभियानमा हृतिक संग रोमान्टिक डिनरको पुरस्कार जितेकी थिइन,तर उक्त डिनरको मौका उनले हालसम्म पाएकी छैनन्।उनले २ करोड ५० लाख भारु क्षतिपूर्ति दाबी गर्दै कोकाकोला विरुद्ध मुद्दा दायर गरेकी हुन । अदालतले १८ अगस्ट सम्ममा जवाफ दिन कोकाकोलालाई आदेश दिएको छ ।

हाल ३२ बर्षकि सिखाको भनाइ अनुसार सन्   २००० को मे २२ को दिन कोकाकोलाको बिर्कोमा राखिएको उक्त पुरस्कार जितेको र दावी गर्न जांदा कोकाकोलाको स्थानीय बितरण केन्द्रका म्यानेजरले उक्त बिर्कोको बदलामा ५ लाख दिने भन्दै लोभ देखाएको उल्लेख छ । यद्यपि उनले हृतिक संगै भेट्ने अडान लिए पनि कम्पनीले भेट नगराए पछि ,उक्त प्रसंगले साथीहरू , छरछिमेक माझ आफ्नो बेइज्जती भएको भन्दै सन् २००३ मा मुद्दा दायर गरेकी थिइन ।  
श्रोत

http://m.timesofindia.com/india/No-date-with-Hrithik-girl-drags-cola-company-to-court/articleshow/48520866.cms?utm_source=facebook.com&utm_medium=referral&utm_campaign=TOI

No comments:

Post a Comment