F

Wednesday, August 5, 2015

सुटकेशभित्र मृत्यु

सुटकेशभित्र बसेर स्पेन जाँदै गरेका युवाको मृत्यु

स्पेन श्रावण २० 
– मारक्कोका एक आप्रवासीको सुटकेशभित्र राखेर स्पेन लैजाँदै गर्दा मृत्यु भएको छ । स्पेनीस सरकारका अनुसार २७ वर्षीय एक युवकको त्यतिबेला मृत्यु भयो जतिबेला उनको भाईले सुटकेशमा राखेर गैरकानुनी तरिकाले स्पेनको अल्मेरिया शहर लैजाँदै थिए ।

उनको सुटकेशभित्र निसासिएर मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मृतकका भाईसँग फ्रान्सको राहदानी भएको र उनलाई गैरकानुनी रुपमा मानिस ओसार पसार गरेको अभियोगमा मुद्दा चलाइएको बीबीसीले जनाएको छ ।यो भन्दा पहिला आइतबार चार आप्रवासी स्पेन जाने क्रममा डुवेर मृत्यु भएको थियो ।
श्रोत  http://nagariknews.com/world/story/42890.html#sthash.mt8Kk1bQ.dpuf

No comments:

Post a Comment