F

Wednesday, August 12, 2015

नेताको आदेशमा उप प्रधानमन्त्रीको हत्या


उत्तर कोरियाका उप प्रधानमन्त्री चो योङ गोन


दक्षिण कोरियाली सरकारले उत्तर कोरियाका उप प्रधानमन्त्री चो योङ गोनको हत्या संग संबंधित समाचारमा आफ्नो नजर रहेको जनाएको छ । 

 समाचार अनुसार उत्तर कोरियाका नेता किम जोंग-उनको आदेशमा गत मे महिनामा गोनको हत्या गरिएको थियो । दक्षिण कोरियाको  न्यूज़ एजेंसी 'योनहैप' को रिपोर्टको अनुसार गोन, किम जोंग-उनको  नीति संग खुशी थिएनन् । 

योनहैपकै अनुसार किम जोंग-उनको शासनमा उत्तर कोरियामा अहिले सम्म क़रीब ७० अधिकारिहरुको  हत्या भइ सकेको छ ।

तै पनि यो खबरको पुष्टि हुन सकेको छैन,किनकि उत्तर कोरिया प्रायः जसो दक्षिण कोरियाको समाचारमा सहमत हुने गर्दैन ।

डिसेम्बरमा देखिएका थिए अन्तिम पटक 

उत्तर कोरियाका नेता किम जोंग-उन

दक्षिण कोरियाको एकीकरण मंत्रालयको अनुसार गोनलाई अन्तिम पल्ट डिसेम्बरमा सार्वजनिक रूपमा देखिएको थियो ।

हत्या सम्बन्धि थोरै विवरण दिने योनहैपले उत्तर कोरियामा घटिरहने घटनाहरुको बारेमा प्रायः सबैभन्दा पहिले समाचार  प्रकाशित गर्दछ ।

गोन कुनैबेला  निर्माण र निर्माण सामग्री उद्योगको उप मंत्री थिए ।उनले  दक्षिण कोरियाको राजधानी सियोलमा धेरै पटक थुप्रै व्यापार वार्ताहरुमा उत्तर कोरियाको  प्रतिनिधित्व गरेका थिए ।

पछिल्लो वर्ष जूनमा सात जनालाइ उप प्रधानमंत्री बनाइएको थियो, जसमध्ये गोन पनि एक थिए ।

विशेषज्ञहरुका अनुसार उनको पदोन्नतिलाई उत्तर र दक्षिण कोरियाको बीच सुमधुर संबंधको कोशिशको रूपमा हेरिने गरिन्थ्यो ।

 कैयौं अधिकारिहरुको हत्या

दक्षिण कोरियाको गुप्तचर विभागको अनुसार किम जोंग-उनको आदेशमा यो वर्षको पहिलो चार महीनामानै क़रीब १५ अधिकारिहरुको हत्या भइसकेको छ ।

गत मे मा नै उत्तर कोरियाका रक्षा मंत्री होन यॉन्ग चोलको  एंटी-एयरक्राफ़्ट  बंदूकले हत्या गरिएको थियोे । किम जोंग-उन प्रति वफादार नभएको आरोपमा उनको हत्या भएको आशंका गरिएको थियो ।

No comments:

Post a Comment