F

Sunday, August 9, 2015

ईस्लामिक स्टेटले ३०० कर्मचारीको हत्या गर्‍यो


ISIS (प्रतिकात्मक तस्वीर )

श्रावण २४ मोसुल

आतंककारी संगठन ईस्लामिक स्टेटको एक समूहले इराकी इलेक्टोरल कमिशनमा कार्यरत लगभग ३०० सरकारी कर्मचारीहरुको  गत शनिबार मोसुल स्थित एक सैनिक अखाडामा  हत्या गरेको प्रत्यक्षदर्शी तथा सुरक्षा अधिकारीहरुले बताएका छ्न । 

गोली हानी हत्या गरिएकाहरु मध्ये लगभग  ५० जना महिला रहेको एक स्थानीय सैनिक अधिकारीले जनाएका छ्न ।

सो सरकारी कार्यालयले आफ्नो कर्मचारीहरुको एक समुहको घाँटी रेटेर हत्या गरिएको बताएको छ ।

कमिशनले इराकी जनताहरुको क्रुर हत्या र उनीहरु उपर भइ रहेको चरम दमन तत्काल रोक्न र हस्तक्षप गर्न युएन तथा मानवअधिकारवादी संगठनहरु संग आग्रह गरेको छ ।

आइएसले हत्याको पुष्टि गरेको तर शव भने नदेखाएको मारिएका भनिएका परिवारहरुले बताएका छ्न ।

आइएसले गत जुन १०मा मोसुलमा कब्जा जमाए यता देखिनै आफ्नो पकड उत्तरी इराकका अन्य शहरहरुमा पनि बढाउंदै लगेको छ ।

साभार 

http://www.abplive.in/World/2015/08/09/article678645.ece/IS-executes-300-civil-servants-in-Mosul

No comments:

Post a Comment