F

Sunday, August 16, 2015

धर्म निरपेक्षता नै किन नि ?

शेखर ढुङ्गेल 


लगभग १०० बर्ष बिकसित देशको गुलाम बनेर र ७० बर्ष संघियता र धर्म निरपेक्षता बनेर किन भारतीय समाज आज सम्म नेपाल भन्दा धेरै गुणा रुढीवादी छ ?किन अझै ४० %भन्दा बढी भारतीय नागरिक भुखामरिको रेखामुनी छन् ?किन ४० %भन्दा बढी भाग अतिबादी नक्सलवादी को चंगुलमा छ ?हिन्दुत्व लाइ धर्मको साँघुरो घेरा भित्र संकुचित भएर घोत्लिनु भन्दा बिस्वको बिभिन्न समाज मध्य एक अलग र मौलिक समाजको पहिचानको रुपमा अलि उदारता हुन्थ्यो कि ?नेपाल एकीकरण देखिनै हिन्दु मुस्लिम र बुद्धिष्ट समाज बिस्वकै नमुना सद्भावनापूर्ण तरिकाले रहेको थियो .जब यो देशमा इशाई साम्राज्यबादी हरुले निर्धक्क रुपमा बिभिन्न बहानामा प्रबेश गरि यो समाज ध्वस्त पार्न सक्रिय भए तब देखि भए न भएको खराबी हरु लाइ बिस्वब्यापिकरण गरियो .यो अल्पज्ञान वा दुर्नियत ?महिला हरु शरीर बेच्न भारत गएको बेतुकको कुरो ?जब कि मुम्बईमा ९९  %महिला पश्चिम बङ्गाल ,दक्षिण भारत ,मेजोरम र बिहार बाट पुग्छन धर्म निरपेक्षताले किन रोक्न सकेन ?अझ आज बेलायत अस्ट्रेलिया फिजी अमेरिकामा समेत भारतीय महिला हरु संगठितरुपमा देह ब्यापार गरि रहेछन ?किन धर्म निरपेक्ष भारतमा आज पनि धर्म गुरु हरुको साम्राज्य छ ?यहाँ दुर्नियत पुर्ण स्पस्ट आसय उही हो इशाई साम्राज्यबादी को प्रोपोगान्डा .देश बिकासको लागि धर्म सापेक्षता वा निरपेक्षता दुवै अचुक औषधि होइन किनकि धर्म सापेक्ष इशाई मुलुक र मुस्लिम मुलुक हरु प्रगतिको अग्रपंक्तिमा पनि छन् उधोगतिमा पनि .नेपाल मा महेंद्रकाल नै  देश बिकासको लागि आधारसिला तयार पार्ने त्यस्तो स्वर्णिम युग रह्यो स्वतन्त्रता र अधिकार को नाममा हामीले बिदेशी निर्देशन र सहयोग को अपेक्षा राख्दा उनि हरुले आफु अनुकुल्को समाज खोजे जुन हिन्दु समाजले दिन सकेन र यसको बिरुद्धमा यो समाजको कमजोर पक्ष लाइ राजनीतिकरण गरि ध्वस्त को संघारमा पुर्याउन केहि पक्ष आफु लाइ उदारवादी अधिकार बादी भन्दै भ्रमको खेति गरि रहेछन .जसको फलस्वरूप आज नेपाल को यो दुर्गति भएको हो .जब सम्म नेपालि नागरिक स्वयम् आफ्नो बिबेक प्रयोग गरि आफ्नो देशको लागि के कस्तो व्यवस्था र ठिक भन्ने निर्णय गर्न सक्दैनन् तब सम्म बिदेशी चलखेल रही रहन्छ र हामी भ्रमको शिकारमा फसेर एक अर्को लाइ आक्षेप लगाई रहन्छौ तब सम्म हाम्रो एकता खरानी भैसकेको हुनेछ, अनि त्यस बेला हाम्रो कुनै अस्तिव रहनेछैन जसरि दक्षिण अफ्रीका सुडान इथोपिया आदि देशले व्यहोरेका छन् .
तसर्थ यसलाई संकुचित र अन्धो धर्मबाद भन्दा माथि उठी उदार सोचले ब्यबस्थापन गर्नु बुद्धिमानी हुन्छ .हिन्दुत्व खराब होइन व्यक्तिको सोच बिबेकपूर्ण हुन् नसकेको मात्र हो .मेरो आमाले (बहुनिले )दमिनी सित मित् लगाउनु भएको थियो र हामीमा त्यस्तो कुनै विभेद थिएन .यो एउटा प्रतिनिधि पात्र मात्र हो । .देश गरिब छ समस्या र बिकृति धेरै छन् , त्यसको अर्थ यो होइन कि धर्म निरपेक्षता हुने बित्तिकै जादुको मन्त्र झैँ देशले बिकासको फड्को मार्ने छ यसले एउटा धर्म (आस्था )बिशेष को बर्चस्व खत्तम हुन सक्ने र त्यस पछी यहाँ इशाइकरण को लागि झन् ठुलो स्वतन्त्र ढोका खुल्न सक्छ भन्ने पनि सोच राखौं । निरपेक्षता अचुक होइन भारतको उदाहरण काफी छ । देशको बहुमतको माग के को यो बुझेर मात्र परिवर्तन गरौं ।
"परिबर्तनको लागि बिबेकसिलता "र राष्ट्र प्रति जिम्मेवार नागरिक आजको खाँचो हो .
जय होस्

लेखकले तल लिन्कमा रहेकोे लेखको प्रतिक्रियामा प्रस्तुत लेख लेखेका हुन
                                                         ।

http://thehimalayanvoice.blogspot.com/2015/08/blog-post.html?m=1

No comments:

Post a Comment